अर्थ

किसानलाई ‘न मल न जल’



काठमाडौँ, २१ जेठ । सुदूरपश्चिममा ३ लाख ६९ हजार ७ सय ९६ हेक्टर खेतीयोग्य जमिनका लागि वार्षिक युरिया २५ हजार मेट्रिक टन , डिएपी १५ हजार मेट्रिटन र पोटास १ हजार मेट्रिक टन आवश्यक पर्छ ।

तर संघीय सरकारले वार्षिक रुपमा युरिया ११ हजार २ सय ३४ मेट्रिक टन, डिएपी ५ हजार ८ सय १८ मेट्रिक टन र पोटास २ सय ५७ मेट्रिक टन मात्रै पठाउने गरेको । कैलालीको गौरी ७ मट्कौनाका किसान रणबहादुर बमले २ विघा ५ कट्ठा जमिनमा धान रोप्न ब्याड राखेका छन् । उनले धानको बिउ हुर्किनै लाग्दा त्यसमा छर्नुपर्ने रासायनिक मल पाएका छैनन् । गाउँदेखि धनगढीका पसलसम्म पुग्दा पनि उनले रासायनिक मल युरिया पाउन नसकेको बताए ।बम मात्र होइनन् अहिले सुदूरपश्चिमका किसान रासायनिक मल पाउन नसक्दा बर्खे खेतीको चिन्तामा डुबेका छन् । यो समाचार आजका नागरिक दैनिकमा छ ।