अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३१ जेठ । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १८ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार ६ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।