अर्थ

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर



काठमाडौँ, ६ असार । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजार २ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।