अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, ९ असार । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सयले बढेर प्रतितोला ९७ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९७ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।