अर्थ

नेप्से परिसूचक ४५.२५ अंकले घट्यो



काठमाडौँ, ९ असार । सेयर बजार परिसूचक नेप्से ४५.२५ अंकले गिरावट हुँदा १८४८.२८ अंकमा बन्द भएको छ ।

आज नेप्सेले अघिल्लो बुलमा कायम गरेको १८८१ अंकको बिन्दुबाट तल झरेको हो । २०७३ साउन १२ गते उक्त बिन्दु कायम गरेको नेप्से त्यसपछि ११०० सम्म झरेर २०७७ मंसिरमा उक्त बिन्दु पार गरेर माथि गएको थियो । १९ महिना पनि पुन: नेप्से उक्त बिन्दुबाट तल झरेको छ ।

नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । जसमध्ये हाइड्रोपावर उपसूचक सर्वाधिक ४.११ प्रतिशतले गिरावट भएको छ । बुधबार ८४ करोडमा सीमित भएको कारोबार रकम बिहीबार भने बढेर डेढ अर्ब नजिक पुगेको छ । बिहीबार बजारमा २३७ सूचीकृत धितोपत्र कारोबारमा आउँदा एक अर्ब ४९ करोड ९७ लाखको कारोबार भएको छ ।