अर्थ

सेयर बजारमा ७४.९३ अंकको वृद्धि



काठमाडौँ, १६ असार । आज सेयर बजार ७४.९३ अंकले बढेर २ हजार भन्दा माथिको बिन्दुमा पुगेको छ । सुरुवाती समयबाटै उकालो लागेको बजार २०३७.६४ बिन्दुमा पुगेर रोकियो ।

आज कुल २२७ कम्पनीको ४७ हजार ३९२ वटा कारोबारबाट ७२ लाख ५४ हजार ७० कित्ता सेयर किनबेच भएको छ । यस दिन २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९५ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सबै उपसमूहमा हरियाली देखियो । बिहीबार लगानीकर्ताको आकर्षण व्यापार र वित्त उपसमूहमा बढी देखिएको छ ।

बिहीबार नेपाल फाइनान्स, मैलुङखोला जलविद्युत् आयोजना, ङ्यादी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लाग्यो । एक दर्जन कम्पनीको सर्किट लेवलमा कारोबार भयो । यस दिन ग्लोबल आईएमई डिभेन्चर, बरुण हाइड्रो, गुराँस लघुवित्तसहितका कम्पनीको मूल्य भने ओरोलो लाग्यो । यस दिन शिवम् सिमेन्ट, हिमालयन डिष्ट्रिलरी, एसियन लाइफ इन्स्योरेन्ससहितका कम्पनीको सेयर धेरै किनबेच भएको छ ।