काठमाडौँ, १८ जेठ । आज पनि बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९६ हजार ७ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्