अर्थ

आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै



काठमाडौँ, १८ असार । ‘सहकारीले अझ राम्रो विश्व निर्माण गर्छ’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदैछ ।

सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी सङ्गठनमार्फत विश्वभर सहकारी दिवस मनाउन थालिएको हो । नेपालसहित विभिन्न देशमा जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

दक्षिण एसियाली देशहरु नेपाल, बङ्लादेश, भारत र पाकिस्तानमा सहकारीको प्रभाव बढी छ । स–साना व्यवसायीदेखि ठूला उद्याेपतिसम्म बचत अनि लगानीको जोखिम घटाउन निश्चित रकम जम्मा गर्ने या थोरै किस्ता नियमित तिरेर ठूलो रकम सापट लिने दिने गरिन्छ । सहकारीको उद्देश्य बचत, सापट र जोखिम न्यूनीकरणका लागि बीमा हो ।