अर्थ

निर्वाचनका लागि भारतले दियो २०० गाडी



काठमाडौँ, १५ कार्तिक । भारत सरकारले आसन्न निर्वाचनका लागि नेपाल सरकारलाई उपहारस्वरूप सवारीसाधन प्रदान गरेको छ ।

आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारका तर्फबाट २०० सवारीसाधन उपहारस्वरूप हस्तान्तरण गरे ।

कार्यक्रममा अर्थमन्त्री शर्माले सवारीसाधनलगायत विकास साझेदारीका रूपमा नेपाललाई निरन्तर सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिए ।

नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका सवारीसाधन निर्वाचनका क्रममा प्रयोग गरिनेछ । तीमध्ये सुरक्षा निकायले १२० र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने दूतावासले जनाएको छ ।