अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १६ कार्तिक । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ५ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।