उपेन्द्र केसी
आमनिर्वाचन अघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने उद्द्योष गरेका थिए । प्रचण्डले भने झै नेपाली कांग्रेस पार्टी यो निर्वाचनबाट पहिलो पार्टी बन्न पुगेको छ । र, कांग्रेसलाई पहिलो पार्टी बनाएर प्रचण्डको सपना साकार भएको छ । एकातिर भने, अर्कोतिर उनको पार्टीको आकार घटेको छ । आफूले भने झै कांग्रेस पहिलो पार्टी भएकोमा प्रचण्ड वाहिरबाट मात्रै होइन, भित्रवाटै खुशी भएको हुनुपर्छ । प्रचण्डले आवश्यकता भन्दा बढी नै पछिल्लो पल्ट उनीले कांग्रेस पार्टीको वारेमा सोचेको देख्दा उनी माओवादी केन्द्रको होइन, कांग्रेस पार्टीको पो नेता हुन कि भन्न भ्रम सृजना हुन थालेको छ । यसो भनु प्रचण्डको कांग्रेसमोह उदेकलाग्दो छ ।
उता, निर्वाचनको परिणामले माओवादी केन्द्रलाई सुताए पनि उनलाई त्यसको वास्ता छैन । अथौत त्यसले प्चण्डलाई छोएको छैन । माओवादी केन्द्र कांग्रेससंगको सहकार्यले सुक्दै गएको मा उनलाई कुनै प्रकारको चिन्ता पनि छैन । यो निर्वाचनमा कांग्रेसीहरुले माओवादीको उम्मेदवारलाई होइन, घण्टीलाई भोट दिए,तै पनि यस वारेमा कांग्रेसका शीर्षतहका नेताहरुसंग प्रचण्डले किन यस्तो भयो भनेर सोध्ने आँट समेत गरेको सुन्नमा आएको छैन । बरु उल्टै उनले फेरी पनि कांग्रेससंगनै गठबन्धन कायम गरेर सरकार निर्माण गर्ने खेती अघि बढाएका छन् । र, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवादलाई भेट्न वालुवाटारको दौडलाई तीव्र पारेका छन् ।
यो निर्वाचनमा माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु कांग्रेसप्रति सोचे भन्दा बढी नै ईमान्दार भए, उनीहरुले कांग्रेसलाई भोट हाले । तर, कांग्रेसीहरुले भने माओवादीको उम्मेदवारलाई समग्रमा भोट हालेको देखिएन । भोट ट्रान्सफर वान वे मात्रै भयो । जसले गर्दा माओवादी केन्द्र खुम्चिन वाध्य भयो । पाँच दलीय गठबन्धनको राजनीतिक लाभ कांग्रेसले एकल रुपमा प्राप्त ग¥यो । तैपनि गठबन्धन –गठबन्धन भन्दै प्रचण्ड फेरी मरिहत्ते किन गरिरहेका छन ? आमजनताले कांग्रेससंगको माओवादीको सहकार्य नरुचाएको निर्वाचन मार्फत वताइसकेका छन् । तर, पनि गठबन्धनको नारा लगाउनबाट प्रचण्ड थाकेका छैनन किन ? निर्वाचनको परिणामले कांग्रेससंगको सहकार्यले माओवादी केन्द्रलाई राजनीतिक लाभ होइन, हानी गर्छ भन्ने कुरा थाह हुँदा –हुँदै पनि किन प्रचण्ड कांग्रेससंग सहकार्य गर्न हौसिरहेका छन ? जनमतको उपेक्षा गर्दै कांग्रेससंग फेरी पनि सरकार निर्माणमा गला जोड्दै जाने हो भने माओवादी पार्टीलाई सिधिनबाट कसैले रोक्न सक्दैन ।
निर्वाचनको परिणामले कांग्रेससंग सहकार्य गर्दा माओवादीलाई राजनीतिक लाभ होइन, नोक्सानी हुने निष्कर्ष निकाल्दा पनि, त्यसको कुनै पवार्ह नगर्दे कांग्रैससंग मिलेर जान हाम फाल्ने हो भने माओवादी डुब्ने निश्चित छ । पार्टी स्वार्थलाई भन्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले व्यक्तिगत स्वार्थ केन्द्रमा राख्दै आफ्नो स्वार्थका लागि पार्टीलाई उपयोग गर्दै आएका कारण माओवादीले दुर्गति व्यर्होनु परेको हो । कांग्रेससंगको अप्राकृतिक गठजोडको राजनीतिले कहिले सम्म माओवादी पार्टीलाई थेग्ला ? प्रचण्डको यस्तै कार्यशैली र चरित्रका कारण माओवादी पार्टी ओरालो लाग्दै गएको हो । कुनै बेलाको पहिलो र मुलुकको सशक्त माओवादी पार्टी आज अस्तित्व रक्षाका लागि धरमाउने अवस्थामा पुगेको छ ।
निश्चिय पनि कुनै पनि राजनीतिक पार्टी आफ्नै मूल्य,मान्यता र सिद्धान्तमा चल्ने गर्छ । त्यही मूल्य–मान्यताको धरातलमा टेकेर दलको राजनीतिलाई अघि बढाउँछ । र, विचार समूह मिल्ने र हिड्ने बाटो एउटै भएका हरुसंग एकता र सहकार्य गर्दै अघि बढ्ने गर्छ । आफ्नो पार्टीको मूल्य,मान्यता र सिद्धान्त विपरीत हिड्ेर कुनै पनि पार्टीहरुले गन्तव्य भेट्दैनन । गन्तव्य भेट्न विचार,आस्था र सिद्धान्त मिल्ने पार्टीहरु संग सहकार्य र एकता गरेर मात्रै पुग्न सकिन्छ । र, त्यो नै प्राकृतिक बाटो हुनेछ । तर,यहाँ आस्था, विचार र सिद्धान्तलाई लात हान्दै प्रचण्ड देउवासंग छुट्नै नसक्ने गरी अहिले सम्म टासिएको सत्यलाई नर्कान सकिदैन् ।
सबैलाई थाह छ, देउवा –प्रचण्डको यो गठजोड मुलुकको प्रगति, उन्नती र सम्वृद्धिका लागि हुँदै होइन । गठबन्धनको यो सरकारले अहिले सम्म सम्झन र भन्न लायक एउटै पनि काम गरको छैन । दैनिक रुपमा बढ्दै गएको बजार भाउँको ग्राफले आम जनताको दैनिकी कष्टकर बन्दै गएको छ । साँझ–विहानको छाक टाँर्न आममानिसलाई मुश्किल परिरकहेको छ । जनतामा यो गठबन्धन सरकार प्रति चरम असन्तुष्टि हिजो पनि थियो । र, अहिले पनि छ । यही गठबन्धनको सरकार फेरी पनि दोहोराउनु भनेको जनतामा देखिएको निराशालाई झनै बढाउनु हो । र, यो निर्वाचन मार्फत जनताले खोजेको परिवर्तनमा पूणृविराम लगाउनु हो ।
प्रतिक्रिया दिनुहोस्