अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २३ मंसिर । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन ९९ हजारमा ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।