राजनीति

मधेसका कृषिमन्त्रीद्वारा किसान कार्ड लागु गर्ने घोषणा



जनकपुरधाम, १३ माघ । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहले किसान कार्ड लागु गर्ने घोषणा गरेका छन् ।

मलखादको समस्या समाधानका लागि कार्यक्रम ल्याउने पनि उनले बताए । जनमत पार्टीले किसानका समस्या समाधानको माग राखेर किसान आन्दोलन गर्दै आएको थियो ।

पदभार ग्रहण गरे लगत्तै उनले आफूहरुले अघि सारेको माग पत्र देखाउँदै आफूहरुले जे माग राखेर आन्दोलन गरेको हो तिनै माग पूरा गर्ने उनले बताए ।