राजनीति

प्रधानमन्त्री दाहाल र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता



काठमाडौँ, १४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटमा अध्यक्ष तिमिल्सिनाले चीन भ्रमणका क्रममा भएका भेटवार्ता र छलफलका बारे जानकारी गराएका छन् ।

भेटमा उनले चीन भ्रमणको प्रतिवेदन पनि बुझाएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।