राजनीति

ललिता निवास प्रकरणमा २३८ जना प्रतिवादी



काठमाडौँ, ५ भदौ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २३८ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिएको छ ।

आज ब्युरोले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाउँदै सो राय दिएको हो । योजनाबद्ध सरकारी कागजात किर्ते गरेर ललिता निवासको १४७ रोपनी सरकारी जग्गा हिनामिना गर्ने काममा संलग्न २३८ जनालाई प्रतिवादी बनाउन राय दिएको बताइएको छ ।

जसअनुसार ‘सङ्गठित किर्ते’ गरेर जग्गा हिनामिना गरेको प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र पूर्व मुख्यसचिव लीलामणि पौड्याललाई प्रतिवादी नबनाउन प्रहरीले राय दिएको छ । यस्तै सञ्चार सचिव कृष्णबहादुर राउतलाई प्रतिवादी नबनाउन राय दिइएको छ ।  

यस्तै पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ ।