मनोरञ्जन

 फिल्म ‘ह्वाइट हाउस’मा आँचल शर्मा अनुबन्धित



काठमाडौँ, १२ भदौ । अभिनेत्री आँचल शर्मा फिल्म ‘ह्वाइट हाउस’ मा अनुबन्धित भएकी छन् ।

निर्माण युनिटले उनलाई फिल्मको मुख्य भूमिकाका लागि भित्र्याएको हो । फिल्ममा यस अगाडि रमेश उप्रेती र गरिमा शर्मा पनि अनुबन्धित भएका थिए । सविनकुमार तोलांगीको पटकथा लेखन तथा निर्देशन रहने फिल्म  अस्ट्रेलिया र नेपालमा सुटिङ हुनेछ ।

 ‘ह्वाइट हाउस’मा आँचल रमेश उप्रेतीको जोडी बन्ने चर्चा छ ।