मनोरञ्जन

‘दिमाग खराब’को प्रदर्शन नरोकिने



काठमाडौँ, १ मंसिर । फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने भएको छ । बिहीबार फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीच प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो ।

संघको कार्यालय विशालनगरमा बसेको बैठकपछि महासचिव नरेन्द्र महर्जनले दर्शकको मागअनुसार शो बढाउँदै जाने सहमति जुटेको बताए । चलचित्र संघले बैठकबारे विज्ञप्तिमार्फत पनि जानकारी दिएको छ ।