राजनीति

राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौँ, २१ पौष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मुलुकको समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको बताए । पार्टीले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपस्थित हुन पार्टी पदाधिकारी एवं सदस्यलाई अनुरोध गरेको छ ।