अर्थ

परिसूचक नेप्से दोहोरो अंकले बढ्यो



काठमाडौँ, १६ वैशाख । आज सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १४.३३ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से १९८० अंकमा कायम भएको छ । दिनभर कुल २ अर्ब ६८ करोड रुपैयाँको धितोपत्र कारोबार भयो ।

१८० कम्पनीको मूल्य बढ्दा ५५ को घट्यो भने ९ को स्थिर रह्यो । ब्यापार बाहेकका सबै समूहका सूचक बढेका छन् । सो सूचक ९.५२ अंक (०.३४ प्रतिशत) घट्यो । फाइनान्स र विकास बैंक समूहमा आकर्षण देखिएको छ । फाइनान्स समूह ३.९८ प्रतिशत बढ्यो भने विकास बैंक समूह २.२३ प्रतिशत बढ्यो ।

अंकका आधारमा बैंकिङ २, विकास बैंक ८५, फाइनान्स ८१, होटल तथा पर्यटन ३८, हाइड्रोपावर १०, जीवन बीमा ७२, उत्पादन ५, माइक्रोफाइनानस ५४, निर्जीवन बीमा १०८ र अन्य समूह १० अंक बढे ।

धेरै मूल्य बढेका कम्पनीहरुमा पनि फाइनान्स अगाडि रहे । पोखरा फाइनान्सको ९.८, प्रोग्रेसिभको ७.६, श्रीइन्भेस्टमेन्टको ६.८, बेस्ट फाइनान्सको ६.७, किसान लघुवित्तको ५.९, नेपाल फाइनान्सको ५.७, त्रिशुली विद्युतको ५.७, सप्तकोशी विकास बैंकको ५.२, मेरो माइक्रोफाइनान्सको ५.१ र मल्टिपर्पस फाइनान्सको ५ प्रतिशत मूल्य बढ्यो ।