Banner News

माओवादीद्वारा लु प्रभावितको उद्धार र राहतमा खटिन आग्रह



काठमाडौँ, १७ वैशाख । नेकपा माओवादी केन्द्रले गर्मी र सुख्खापन बढेसँगै प्रभावित क्षेत्रका सर्वसाधारणको राहत र उद्धारमा खटिन पार्टी पक्तिलाई निर्देशन दिएको छ । 

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार विज्ञप्ति जारी गर्दै देशका विभिन्न भागमा आगलागी एवं डढेलोका कारण जनधनको व्यापक क्षति भएको र हजारौँ नागरिक पीडित हुन पुगेको बताएका छन् । 

‘देशैभरि वायु प्रदूषण उच्च मात्रामा बढ्दा र तापक्रममा उच्च वृद्धिका कारण विशेष गरी तराईका जिल्लाहरूमा तातो हावा र लुको लहरले जनजीवन प्रभावित बनेको छ’, सापकोटाले भनेका छन्, ‘हाम्रो पार्टी एवं भातृ सङ्गठनका नेता–कार्यकर्ता एवं स्वयंसेवकहरू उद्धार तथा राहतका साथसाथै मानवीय सहायता व्यवस्थापनमा खटिन हार्दिक आह्वान गर्दछौँ ।’