राजनीति

संविधान संशोधन गर्ने बेला भयो : रमेश लेखक



काठमाडौँ, १७ वैशाख । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले संविधान संशोधनमा जानुपर्ने बताएका छन् ।

आज कञ्चनपुरको वेलडाँडी गाउँपालिकास्थित चवन्नी बजारमा बजार व्यवसायीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै लेखकले संविधान संशोधन गर्नुपर्ने बेला भएको बताएका हुन् ।

उनले भने, ‘२०७२ सालमा संविधान जारी भएपछि संविधानले ८ वर्ष पूरा गरेको छ,’ ‘संविधानका विविध अवसर, चुनौती, समस्या र अवसर लगायतका कुराहरूमा आवश्यक समीक्षा जरुरी भएको छ । संविधानको समीक्षा गरेर आवश्यक संशोधन गर्नुपर्छ ।’

कांग्रेसले संविधान पुनरावलोकनका लागि पहल र प्रयत्न गर्नुपर्ने नेता लेखकको भनाइ थियो ।