Banner News

एमालेले आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँछ: अध्यक्ष ओली



काठमाडौँ, १८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आशा र भरोषायोग्य युवालाई एमालेले आगामी दिनमा अझ बढी अगाडी बढाउने उद्घोष गर्नुभएको छ ।

इलाम क्षेत्र नं. २ मा भएको उपनिर्वाचनबा निर्वाचित सुहाङ नेम्वाङलाई बधाई दिँदै अध्यक्ष ओलीले एमालेले युवालाई अगाडी बढाउँदै आएको स्मरण गराउनुभयो । त्यस्तै आगामी दिनमा अझ बढी प्राथमिकता दिने उद्घोष गर्नुभयो ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘इलाममा सुहाङ, हार्दिक बधाई ११ इलामका मतदातालाई धन्यवाद ११ मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ ( कति भोटले जितिन्छ रु सुहाङ्ले भन्नु भएको थियो ( इलामेली जनतालाई सोध्नु पर्छ। आज अन्तिम परिणाम आयो ( ५८३० मतान्तरले जीत भयो । हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ । फेरि बधाई सबै इलामेलीलाई ११’