Banner News

एमालेको नेतृत्वमा मात्र मुलुक सही दिशातर्फ अगाडि बढ्छ : ईश्वर पोखरेल



काठमाडौँ, १८ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको नेतृत्वमा मात्र मुलुक सही दिशातर्फ अगाडि बढ्ने बताएका छन् ।

आज प्रेस चौतारी पर्साद्वारा वीरगन्जमा आयोजित पत्रकार सम्मेलन बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘हाम्रो पार्टीले नेतृत्व गरेमा आर्थिक विकासका समृद्धितर्फ ठोस योजनाका साथ अगाडि बढ्छ, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयमा अगाडि बढ्छ । सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा एमाले ठोस ढङ्गले जान्छ, देश बनाउने सपनाहरूलाई जागृत गर्ने सवालमा एमाले छलाङ मार्न सक्छ ।’ 

नयाँ समीकरणबाट बनेको सरकारमा आन्तरिक त्यस्तो कुनै पनि खटपट नरहेकोले गठबन्धन कुनै तलमाथि नहुने उनले जिकिर गरे । एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरामा कुनै दम नरहेको उनको भनाइ छ ।