अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २५ वैशाख । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ३६ हजार ४ सयमा कारोबार भएको छ भने तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँमा बढेर र प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।