अर्थ

नेप्से सूचकमा २ अंकको वृद्धि



काठमाडौँ, २५ वैशाख । आज सेयर बजार परिसूचक नेप्सेमा २ अंकको वृद्धि भएको छ ।

अघिल्लो दिन १५ अंकमाथिले घटेको नेप्से सूचक मंगलबार २.०६ अंकले बढ्दै १९६०.८१ अंकमा उक्लिएको हो । 

२ अंकले नेप्से सूचक वृद्धि भएको बजारमा मंगलबार कारोबार समेत सावाँ २ अर्ब रुपैयाँ बराबरको भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार दोस्रो बजारमा २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको ५० लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी पोखरा फाइनान्स लिमिटेडको ८ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने आरएसडीसी लघुवित्त वित्तीय संस्थाको ६ करोड ५७ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा कारोबार भएको छ । 

मंगलबार डेभलपमेन्ट बैंक समूह, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र अन्य समूहको उपसूचक वृद्धि हुँदा बैंकिङ, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन्लाइफ इन्स्योरेन्स, म्यानु एण्ड प्रो र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक भएका छन् ।