राजनीति

यस्ता छन् मुख्यमन्त्री कार्कीका पहिला तीन निर्णय



विराटनगर, २८ वैशाख । काेशी प्रदेश मन्त्रीपरिषद् बैठकले आगामी वैशाख ३१ गते प्रदेश सभाकाे बजेट अधिवेशन आव्हान गर्ने निर्णय गरेको छ । 

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो र दुई मन्त्री राम राना र गणेश उप्रेतीकाे शपथलगत्तै मन्त्रीपरिषद्काे बैठक राखेका थिए । उक्त बैठकले मन्त्री रानालाई सरकारको प्रवक्ता तोकेको छ भने वरिस्ट अधिवक्ता चुडामणि आचार्यकाे संयाेजकत्वमा संघीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गरेको छ ।