राजनीति

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौँ, २८ वैशाख । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ ।

संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र संसदीय दलको बैठक ८ः३० बजेका लागि तय गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने तय भएको बैठकमा पार्टीबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्नेछ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ ।