राजनीति

एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौँ, २८ वैशाख । नेकपा (एमाले) संसदीय दलको बैठक शुक्रबार बस्दैछ।

संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान ११ः४५ बजे संसदीय दलको बैठक बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संसदको बर्खे अधिवेशन आजबाट सुरू हुँदैछ। संसद अधिवेशनको पहिलो दिन शुक्रबार शीर्ष नेताहरूले बोल्ने कार्यसूची रहेको छ।