Banner News

सदन अवरोधको जिम्मा सरकार आफैँले लिनुपर्छ : रमेश लेखक



काठमाडौँ, २८ वैशाख  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सदन अवरोधको जिम्मा सरकार आफैंले लिनुपर्ने बताएका छन् ।

आज नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकको निर्णयबारे जानकारी दिँदै लेखकले सदन अवरोधको जिम्मा सरकार आफैंले लिनुपर्ने बताएका हुन् । 

उनले भने, “संसदीय छानबिन थप आवश्यक छ भनेर पुष्टि भयो । हाम्रो बटमलाइन समिति हो । सत्तापक्षले माग सम्बोधन गरेन भने सदन अवरोधको जिम्मा सरकार आफैंले लिनुपर्छ,” । 

अर्बाैैं रुपैयाँ बचत भएको सहकारीको रकम दुरूपयोगको विषयमा गृहमन्त्री रवि लामिछानको संलग्नताको प्रमाण आइसकेको भन्दै उनले निष्पक्ष, स्वतन्त्र छानबिन होस् भनेर संसदीय समिति गठनको माग उचित रहेको पुष्टि भएको दाबी गरे ।