Banner News

कोशीको विवादमा सर्वोच्चले दिएन अन्तरिम आदेश



काठमाडौँ, २८ वैशाख ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले संविधानको व्याख्यासँग जोडिएकाले पूर्ण सुनुवाइबाट निरूपण हुनुपर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्ति बदर गर्न र आफूलाई मुख्यमन्त्रीका रूपमा कामकारबाही गर्न दिन अन्तरिम आदेश माग गरेका थिए ।

सर्वोच्च अदालतले कोशी प्रदेशको विवादमा जेठ ९ गते सुनुवाईको मिति तोक्दै ५ बुँदे आदेश जारी गरेको छ  । न्यायाधीश फुयालको इजलासले दुबै पक्षलाई छलफलमा बोलाउँदै यस्तो आदेश गरेको हो ।