Uncategorized

नेपालजी यो समिकरण भन्दा वाहिर जानु हुँदैनः प्रधानमन्त्री



काठमाण्डौ १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वर्तमान सत्ता गठबन्धनभन्दा बाहिर जाने सम्भावना नरहेको बताएका छन् ।

विराटनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एसका अध्यक्ष नेपाल वर्तमान सत्ता गठबन्धनभन्दा बाहिर नजाने बताएका हुन् । नेपालजी पहिलाबाटै कहिले यता र उता जोडिने जस्तो देखिए पनि अहिलेको समीकरणभन्दा बाहिर उहाँ जानु हुन्न उनले भने ।

प्रधानमन्त्रीले नेपाल प्रमुख प्रतिपक्षी दल कांग्रेससहितको बैठकमा सहभागी हुनुलाई आफूले असहज रूपले नलिएको बताए ।

‘माधवजी प्रमुख प्रतिपक्षी दल कांग्रेससहितको बैठकमा सहभागी हुनुलाई मैले त्यति असहज ठानेको छैन,ु उनले भने,मेरो बिहान मात्रै कुरा हुँदा माधवजीले यो समीकरणभन्दा बाहिर छैन र हुँदैन भन्ने कुरा क्लियर गर्नुभएको छ ।
यसअघि बुधबार नेकपा एसका अध्यक्ष नेपाल र प्रमुख सचेतक मेटमणि चौधरी बूढानीलकण्ठस्थित निवासमा कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएका थिए ।