राजनीति

गृहमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन गगन थापाको आग्रह



काठमाडौँ, २० जेठ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन आग्रह गरेको छन् । 

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले गृहमन्त्री लामिछानेले ‘देशको सूचना बेच्ने एजेन्ट’ भएको सङ्केत गर्दै आफूविरुद्ध  दिएको अभिव्यक्ति संसद्को रेकर्ड बाट हटाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘ गृहमन्त्रीले यो संसदमा सूचना बेच्ने मान्छे पनि छ । संसदमो सूचना बेच्ने मान्छे छ भने त्यो देश द्रोही हो । त्यसलाई सदनबाट निकाल्ने मात्र होइन । त्यसलाई गिरफ्तार गर्नुपर्छ । देशद्रोहको मुद्दा लगाउनुपर्छ । थुन्नुपर्छ ।’  

गृहमन्त्री बरालिए भन्दैमा आफूहरू नबरालिने  पनिमहामन्त्री थापाले बताए । ‘हामीले त हिसाब–किताब लिनै पर्छ । यो हिसाब किताब गृहमन्त्रीसँग लिएर मात्र अर्थ भएन । हिसाब किताब त प्रधानमन्त्रीसँगै लिने हो ,’ उनले भने, ‘ कि प्रधानमन्त्रीले संसदमा आएर त्यसको जिम्मा लिनुपर्छ । होइन भने संसद्को रेकर्डबाट हटाउनुपर्छ ।