ट्रम्पको पारस्पारिक आयात कर लगाउने निर्णय स्थगन

काठमाडौँ, २८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले एक हप्ताअघि घोषणा गरेको पारस्पारिक आयात कर लगाउने निर्णय ९० दिनका लागि स्थगन गर्ने घोषणा गरेका छन् । तर, यो नियम चीनको हकमा लागु हुने छैन । अमेरिकाले चीनबाट अमेरिकामा आयात हुने मालसामानमा लाग्ने आयात कर यसअघिको १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत बनाएको बीबीसीले जनाएको छ ।…