बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ, २३ माघ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २२ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६६ हजार ९ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।