घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, १५ माघ । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५९ हजार २ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।