अर्थतन्त्रलाई रेमिट्यान्सकै भरथेग

काठमाडौँ, ११ असोज । निर्यात, पर्यटन, विदेशी लगानीलगायत विदेशी मुद्रा आर्जनका मुख्य स्रोतमा अपेक्षित सुधार नहुँदा पनि रेमिट्यान्स लगातार बढ्दा समग्र अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर सबल बन्दै गएको छ । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको गत साउनको मासिक आर्थिक तथा वित्तीय प्रतिवेदनले विदेशी मुद्रा सञ्चिति, शोधनान्तर, चालु खातालगायत बाह्य सूचक निरन्तर बलियो बन्दै गएको देखाएको हो । …