बजेटमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ, १२ चैत । काम भएको भन्दा बढीको मूल्यांकन गरी सहकारीलाई पैसा दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालिन निमित्त कार्यालय प्रमुख डा. सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका-९ गोइयाहीमा सञ्चालित आम्रपाली बहुमुखी सहकारी संस्थालाई आर्थिक वर्ष २०७५/०७६ मा कृषि सेड…