२० हजार धरौटी बुझाउन नसक्दा ७ महिनादेखि जेलमा

रौतहट, २६ फागुन । साँझ परेपछि ‘हो माई’ (ए आमा) भन्दै घर आउने २० वर्षीय छोराको आवाज उनले नसुनेको ७ महिना हुन आँटिसक्यो, गौर नगरपालिका–४, टिकुलियाकी ४५ वर्षीया उषादेवी पटेलले । हिजोआज उनी एकोहोरो टोलाइरहन्छिन् मात्र । छिमेकीको पैसा चोरेको आरोपमा गत साउन २१ मा पक्राउ परेका उनका छोरा विशाल अहिले गौर कारागारमा छन् । २० हजार रुपैयाँ…