बजेटको सिलिङ घट्ने होइन, यसबर्ष अझ बढ्छ : प्रधानमन्त्री

काठमाडौँ, २९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक बर्षको बजेट सिलिङ बढ्ने बताएका छन् । आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बजेट सिलिङ बढ्ने बताएका हुन् ।  उनले भने, ‘बजेटको सिलिङ घट्ने होइन, यसबर्ष अझ बढ्छ ।' उनले जतिसुकै आर्थिक चुनौति र जटिलता भएपनि बजेटको सिलिङ बढ्ने बताएका हुन् ।…