काठमाडौँ, १६ साउन । सरकारले निर्यात प्रवर्द्धनका लागि सहजीकरण गरिरहेको भएपनि निर्यात लगातार घट्दो छ । आर्थिक वर्ष २०७९/८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ । गत आवमा रु एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम…