एनएमबि बैंकबाट रकम लुटपाट

महोत्तरी, १६ जेठ । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको हो । हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।