चार महिनामा फिर्ता गयो १ अर्ब ८० करोड वैदेशिक लगानी

काठमाडौँ, २० पौष । मुलुकमा वैदेशिक लगानी आउने क्रम घटिरहेको बेला १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी फिर्ता भएको छ । यो आँकडा चालू आर्थिक वर्ष (आव २०७९/८०) को पहिलो ४ महीनाको हो । यसपालि ४ महीनामा फिर्ता गएको विदेशी लगानी अघिल्ला २ आवको वार्षिक फिर्ताभन्दा बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार…