पत्रकार ढकाललाई रु तीन लाख सहयोग

पोखरा, ३ असार । पत्रकार प्रकाश ढकालको उपचारका लागि रु तीन लाखभन्दा बढी सहयोग सङ्कलन भएको छ । श्वासप्रश्वासको समस्याबाट दश दिनअघिदेखि बिरामी ढकालको अहिले काठमाडौँको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था अहिले सुधारोन्मुख भएको उहाँसँगै रहनुभएका पत्रकार प्रकाशचन्द्र सापकोटाले जानकारी दिनुभयो । पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना हुनुभएका ढकालको उपचार त्यहाँ सम्भव…