बजेटमा दिगो विकासका लक्ष्य समेटिने विश्वास

काठमाडौँ, १४ जेठ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सम्पन्न भएको छ । बैठकमा नेपाली काँग्रेसका प्रदीप गिरीले नीति तथा कार्यक्रम वर्तमान राजनीतिक समस्या समाधानमुखी भएको बताए। प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थामा देखाएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै सांसद गिरीले संविधान संशोधनका लागि प्रतिपक्षीलाई समेत विश्वासमा लिएर जानुपर्ने विचार व्यक्त गरे ।…