सङ्खुवासभा, १६ पौष । सङ्खुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्छियाम हाइड्रोपावरले (चार दशमलव ७२ मेगावाट) विद्युत उत्पादन सुरु गरेको छ । सङ्खुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा रु एक अर्ब ३१ करोड लगानीमा निर्माण भएको सो हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको हो । उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उक्त जलविद्युत् आयोजनाको शुभारम्भ हाइड्रोपावरका अध्यक्ष खड्का…