आजको सुनचाँदीको मूल्य

काठमाडौँ, २६ चैत । आज मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, आज  चाँदी १० रुपैयाँले बढेर प्रतितोला ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।