काठमाडौं, १० मंसिर । नबिल बैंकले २५ हजार रुपैयाँ खातामा राख्ने बचतकर्तालाई ३ लाख ७५ हजार रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराउने स्किम ल्याएको छ । बैंकले मेटालाइफसँगको सहकार्यमा १३ वटा घातक रोगको उपचार खर्च उपलब्ध गराउने स्किम ल्याएको हो । क्यान्सर, हृदयघात, कलेजो खराबी, मृगौला खराबी, फोक्सो खराबी, कोमा, स्ट्रोक, मुटु भल्भ सर्जरी, फुलमिनेन्ट हेपटाइटिस,…