नेपालको निजी क्षेत्रसँग साझेदारी बढाउँदै एडीबी

काठमाडौँ, १९ वैशाख । अन्तर्राष्ट्रिय वित्त संस्था एसियाली विकास बैंक (एडीबी) को दक्षिण, मध्य र पश्चिम एसिया मामिलासम्बन्धी उपाध्यक्ष यिङमिङ याङले नेपाल सरकारका विकास प्राथमिकताहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा उपाध्यक्ष याङले मंगलबार निजी क्षेत्रको विकास र जलवायु परिवर्तनसँगै विपद् जोखिम व्यवस्थापनमा सहयोग जारी राख्ने बताए । अर्थमन्त्री वर्षमान पुनसँग पनि…