काठमाडौँ, ४ जेठ । राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलको शनिबारको बैठकमा सरकारको आलोचना भएको छ । कांग्रेसले प्रस्ताव गरेको व्यक्तिलाई गभर्नर नबनाउनकै लागि सरकारले ढिलाइ गरिरहेको आशंका गर्दै कांग्रेस सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकामा संशय प्रकट गरेका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नभएपछि कांग्रेसले विकल्पमा राष्ट्रिय योजना आयोगका…