११ जेठ काठमाण्डौ । प्रतिनिधि सभाका सदस्य महेश बस्नेतले राजधानी र उपत्यकालाई केन्द्रित गरेर विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसदमा बोल्ने क्रममा बस्नेतले ४० बर्ष पूरानो चक्रपथ विस्तार गर्ने कार्य साह्रै सुस्त गतिमा भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘कलंकी कोटेश्व लगायतका ठाउँहरुमा अण्डरग्राउण्ड सहितको सडक विस्तार गर्नुपर्दछ ।’…